चिसोका कारण जापानी सम्राट अकिहितोले बिहानको काम गर्न छाडे

जापान । जापानी सम्राट अकिहितोले आफ्नो स्वास्थ्यमा खराबी आएपछि बिहानको ड्युटी गर्न छोडेका छन् । चिसोका कारण सम्राटलाइ ज्वरो आएपछि उनले बिहानीपखको आफ्नो काम गर्न छोडेका हुन् । 

शुक्रवारका लागि ८२ वर्षीय सम्राटको कुनै योजनावद्द ड्युटी नभएको सम्राट निवासको अधिकारीहरुले बताएका छन् । अघिल्लो वर्षको अगष्ट महिनामा सम्राट अकिहितोले आफ्नो बढ्दो उमेरलाई कारण देखाउँदै जापान सरकारले दिएको जिम्मेवारी बहन गर्न नसक्ने बताएका थिए ।

जसका कारण उनले सम्राटको पदबाट नै राजिनामा दिने बताएका थिए । तर वर्तमान जापानको कानुनका अनुसार सम्राटले राजिनामा दिए पनि त्यो सदर नहुने प्रावधान रहेको छ ।

सम्राट निवासमा अकिहितोका ८० वर्षीय भाई तथा दश वर्षीय अकिहितोका नाति तथा राजकुमार नारुहितो बसोबास गर्ने गरेका छन् ।

सम्राटलाई क्यान्सरको आंशकामा अघिल्लो वर्षको फेब्रुअरी महिनामा मुटु सर्जरी गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?