अमेरिकी डलरको ब्याजदर बढ्दा जापान र यहाँका आप्रवासी कामदारलाई पर्न सक्छ यस्तो समस्या

जापान । अमेरिकी राष्ट्र बैंकले गरेको ब्याज बृद्धिको निर्णयले जापानी अर्थतन्त्रमा समेत असर पर्ने देखिएको छ । जापानको मिजुहो अनुसन्धान संस्थानका मुख्य बजार अर्थशास्त्री हासेगावाले ब्याजदर वृद्धिको अमेरिकी निर्णयले विश्वभरको अर्थ व्यावस्थामा असर पर्ने बताएका छन् ।

उनका अनुसार सन् २०१६को पुर्वाद्धको अमेरिकी अर्थ व्यावस्थाको गति मत्थर पार्नका लागि ब्याजदर बृद्धि गरिएको हो । यसले नवनिर्मार्ण क्षेत्रमा समस्या आउन सक्ने उनको अनुमान छ ।

अमेरिकाले अर्को बर्ष यो दर झन् बढ्नसक्ने चेतावनी समेत दिएको छ । हासेगावाले नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको आर्थिक नीतिको अनिश्चितताका कारण केन्द्रीय बैंकले ब्याजदरमा हेरफेर गरेको दाबी गरेका छन् ।

उनले यसको प्रभाव स्वरुप जापानी शेयर बजारमा उतार चढाव आएको र जापानमा विदेशी लगानी र जापानले गर्ने बैदेशीक सहायतामा समेत समस्या आउने बताएका छन् ।

उनले जापानको रोजगार क्षेत्र र मजदुरहरुलाई भने केही असर नपर्ने बताएका छन् । उनले मजदुरहरुले पाउने ज्यालामा समस्या नहुने र उनीहरुले संचित गरेको रकमको ब्याजदर पनि जापानी अर्थब्यवस्था अनुसार नै हुने बताए ।

तर, मअ‍ेरिकाको निर्णयले आप्रवासी कामदारको रकमको ब्याजदरमा भने केही परिवर्तन हुनेसक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?