के होला विवादीत जापानी चार द्धिप ? यस्तो छ आबेको तयारी, पुटिन के गर्लान् ?

जापान । यो शिखर वार्ता भन्दा पहिल्यै जापानी प्रधानमन्त्री सिन्जो आबेले बताएका थिए कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साथ पश्चिमी जापानस्थित आफ्नो गृहनगरमा शान्त वातावरणमा विवादीत द्धिपबारे वार्ता हुने छ । र यो वार्ता एउटा निश्कर्षमा पुग्ने छ र विवादीत द्धिपहरुमा जापानको दाबीलाई प्रमाणित गरिने छ ।

आबेले यामागुचीका लागि जानु पुर्व टोकियोमा रहेको हानेदा हवाई अड्डामा पत्रकारहरुसँग यस बारेमा बोलेका थिए ।
आबेको आशा थियो कि यो शिखर वार्ता शान्ति सम्झौतामा हस्ताक्षर गर्न मद्दत गर्ने छ । जसमा रुसको कब्जामा रहेको चार द्धिपको क्षेत्रिय विवादका मुद्दालाई समावेश गरिने छ ।

जापानले यी द्धिपहरुलाई आफ्नो उत्तरी क्षेत्र बताउँदै आएको छ । जापानले यी द्धिपहरु आफ्नो देशको महत्वपुर्ण हिस्सा भएको बताउदै आएको छ ।
बिहीबारको बैठकमा आबेले एजेण्डा पेश गरिसकेका छन् । रुसी प्रमण्डलले यस बारेमा मुख खोलेको छैन । आबेले यी चार द्धिपमा लगानी बढाउने प्रसताव राखेपनि पुटिन मौन छन् ।
आबेले केही दिन पहिला उत्तरी क्षेत्रका पुर्व नागरिकहरुसँग पनि भेटवार्ता गरिसकेका थिए । उनले ति नागरिकहरुसँगको भेटवार्ताकै आधारमा एजेण्डा तय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?