अाेस्प्रेकाे उडान बन्द गर्ने किशीदाकाे निष्कर्ष

जापान । जापानका विदेशमन्त्री फुमियो किशीदाले अमेरिकी ओस्प्रे टिल्ट रोटर वायुयानको उडान अस्थायी रुपमा बन्द गर्ने बताएका छन ।

मंगलबार सो विमान आनिकावाको तटमा आपतकालिन अवस्थामा उत्रिएको थियो । किशीदाले अमेरिकी राजदूत क्यारोलिन केनेडीसंगको टेलिफोन वार्तामा यस्तो बताएका हुन् ।

किशीदाले दुर्घटना प्रति दुख प्रकट गर्दै अमेरिकालाई विमान दुर्घटनाको बारेमा जानकारी उपलब्ध गराउनुको साथै यस्तो प्रकारको दुर्घटनाको पुनरावृति हुन नदिने बताएका छन् ।

साथै उनले ओस्प्रेको सुरक्षित उडानको पुष्टि नभएसम्म विमान संचालन स्थगित गर्ने बताएका छन् ।

जवाफमा केनेडीले अमेरिकाका वासिन्दाको सुरक्षा सर्वाेच्च प्राथमिकताको विषय भएको बताएका छन् । साथै उनले दुर्घटनाबारे तुरुन्त जानकारी उपलब्ध गराउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?