महिला सशक्तिकरणका लागि जापानले तीन विलियन डलर लगानी गर्ने

जापान । टोकियोमा आयोजना गरिएको महिला सशक्तिकरण गोष्ठीमा जापानी प्रधानमन्त्री सिन्जु आवेले विकासोन्मुख देशहरुका महिलाहरुको प्रगतिको लागि सरकारले सन् २०१८ देखि ३ बिलियन डलर लगानी गर्ने बताएका छन् ।

त्यसरी गरिने लगानीले विकासोन्मुख देशहरुमा महिलाहरुको सम्मान बढ्नुका साथै उनीहरु समाजको नेतृत्वमा अगाडी आउन सघाउ पुग्ने आवेले बताएका छन् ।

महिला सशक्तिकरण गोष्ठीको तेस्रो अधिवेशनमा आफ्नो धारणाहरु व्यक्त गर्दै आवेले महिलाहरुलाई आफ्नो उदेश्य पुरा गर्न पनि त्यो लगानीले सहयोग पुग्ने बताएका छन् ।

जापान सरकार द्वारा आयोजना गरिएको गोष्ठीमा आवेकी पत्नी अकि आवे, टोकियो गभर्नर कोईकी साथै युनाइटेड नेशन डेभलपमेन्टका प्रमुख हेलेन क्लार्कको उपस्थिति रहेको थियो ।

बुधवार सम्पन्न हुने गोष्ठीमा महिलाहरुलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा कसरि धेरै संख्यामा सहभागी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने जनाईएको छ ।

आवे नेतृत्व प्रशासनले समाजमा महिलाको प्रगतिले देशको राष्ट्रिय अर्थतन्त्रमा धेरै वृद्दी हासिल गर्न सकिने घोषणा नै गरिसकेको छ ।

साथै सन् २०२० सम्ममा जापानका ३० प्रतिशत महिलाहरु नेतृत्व गर्ने स्तरमा अघि आउने उदेश्य जापान सरकारले व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?