जापानमा आयोजित स्न्याक्स मेकिङ प्रतियोगितामा आचार्य पुरस्कृत

 

टोकियो । जापानको प्रसिद्ध आलु चिप्स कम्पनी (काल्बी) ले आयोजना गरेको छैठौ स्न्याक्स फुड कन्टेस्ट प्रतियोगितामा जापानको एभरेष्ट इन्टरनेशनल स्कुलका कक्षा ६ मा अध्ययनरत विद्यार्थी रिशव चन्द्र आचार्य पुरस्कृत भएका छन् ।

‘ फ्युचर स्न्याक्स मेकिङ पिपुल स्माईल ’ नामक प्रतिस्पर्धामा १३५६ जना मानिसहरु सहभागी बनेका थिए ।त्यस प्रतिस्पर्धामा रिशव उत्कृष्ट १३ मा परेका हुन् । आचार्यले फ्लाइङ्ग चिप्सको अवधारणा अनुसार चिप्सको बट्टामा एउटा बटन राखेर डिजाईन बनाएका थिए । सो बटन थिच्दा बक्समा रहेका चिप्सहरु उडेर बाहिर निस्कने गर्छ । अर्यालको यहि अवधारणालाई प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सो कम्पनीले एक कार्यक्रम आयोजना गरि प्रमाण पत्र तथा पुरस्कार वितरण गरेको थियो ।

कम्पनीका अनुसार प्रतिस्पर्धामा सहभागीहरू मध्यबाट उत्कृष्ट ठहरिएका डिजाइनहरूलाई आफ्नो नयाँ उत्पादनका लागि भविष्यमा प्रयोग गर्ने बताएको छ । कार्यक्रममा पुरस्कार ग्रहणको लागि रिसव स्कुलका प्रिन्सिपल प्रदिप थापा सहित बुवा कमलचन्द्र आचार्य र आमा कल्पना आचार्यका साथ उपस्थित भएका थिए ।

जापानको आलु चिप्स लगायत खाद्य पदार्थ उत्पादन गर्ने कम्पनी काल्बीले जापानका विभिन्न स्कुलमा पढ्ने विद्यार्थीहरूलाइ स्न्याक्स डिजाइन प्रतिस्पर्धामा सहभागी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?