क्लब विश्वकप खेल्न रियल म्याड्रिडका खेलाडी जापानमा, यसरी गरियो स्वागत (भिडियो सहित)

जापान । फिफा क्लब विश्वकप फुटबल खेल्ने स्पेनिस क्लब रियल म्याड्रिड जापान आइपुगेको छ । क्लब वल्ड कपको सेमिफाइनलमा सहभागि हुने रियल मड्रिडको टोली सदस्यहरु जापान आईपुगेका हुन् ।

रियलका टोली योकोहोमास्थित होटल योकोहामा रोयल पार्कमा बसेका छन् ।

रियल म्याड्रिडका समर्थकहरुले उनीहरुलाई भब्य स्वागत गरेका थिए । सयौको संख्यामा होटल परिसरमा उपस्थित जापानी समर्थहहरुलाई भेट्दा आफुहरुलाई खुसी लागेको रियलका खेलाडीहरुले प्रतिक्रिया दिए ।

खेलाडीलाई जापानी समर्थकहरुले फुल गुच्छा उपहार दिँदै अटोग्राफ लिएका थिए ।

https://www.youtube.com/watch?v=n5S_rH8jUlU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?