टीपीपी सम्झौता लागु गराउन जापानको प्रयास जारी

जापान । टीपीपी सम्झौता यानिकी मुक्त व्यापार सम्झौतालाई कार्यान्वनमा ल्याउनको लागि सम्झौताको पक्षमा विभिन्न देशलाई राजि गराउन जापान प्रयासरत देखिएको छ ।

 शुक्रबार जापानको माथिल्लो सदनले टीपीपी सन्धि तथा यससंग जोडिएका विद्येयकको मन्जुरि दिएको थियो ।

जापान सरकारले न्युजिल्याण्डलाई प्रक्रिया अगाडी बढाउन सुचना दिने बताएको छ । न्युजिल्याण्डले बहुपक्षीय व्यापार सन्धिलाई अन्तिम रुप दिने छ ।

तर टीपीपी सम्झौता कार्यान्वयन हुने नहुने विषयमा अझै सन्देह  रहेको छ ।अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैभन्दा ठूलो अर्थव्यवस्था भएकाे अमेरिकालार्इ  टीपीपी सम्झाैताबाट  हटाउने घाेषणा गरेका थिए ।

टीपीपी सम्झौतामा सदस्य देशबाट विभिन्न प्रकारका उत्पादनको शुल्क हटाउन आग्रह गरिएको छ । साथै सम्झौतामा व्यापार तथा लगानीसंग सम्बन्धित विभिन्न नियम पनि निर्धारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?