पाक कुने विरूद्द महाअभियाेग प्रस्ताव पारित भएपछि जापानले गर्याे यस्ताे निर्णय

जापान । दक्षिण कोरियाका राष्ट्रपति पाक कुने विरुद्ध महाअभियोग प्रस्ताव पारित भएपछि जापान सकारले दक्षिण कोरियासंगकाे साथ र सहयोगबारे पुन: पुष्टि गर्ने बताएको छ ।

जापानका मुख्य क्वाविनेट सचिव योशिहिदे सुगाले दक्षिण कोरिया जापानको सबैभन्दा नजिकको छिमेकी देश भएको बताएका थिए ।

साथै उनले क्षेत्रिय शान्ति तथा स्थिरताको लागि दुवै देश विच साथ र सहयोग जरुरी भएको बताएका छन् ।जसले उत्तर कोरिया लगायतका अन्य देशसंग लड्न सक्ने क्षमता प्रदान गर्ने उनले बताए ।

साथै जापान, दक्षिण कोरिया तथा अमेरिकाका उच्च स्तरिय स्तर कुटनीतिज्ञहरूले मंगलबार दक्षिण कोरियाको राजधानी सोलमा भेटवार्ता गर्ने  याेजना बनाएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियाको विरुद्धमा एक नयाँ प्रतिबन्ध प्रस्ताव पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?