जापानले दिएको कुकुर उपहार रुसी राष्ट्रपतिले गरे अस्विकार

जापान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान सरकारले उपहार स्वरुप दिन लागेको कुकुर लिन अस्वीकार गरेका छन् ।
जापानी सांसद कोइची हेगिउदाले पुटिनले उपहार लिन अस्विकार गरेको समाचार बिबिसीले लेखेको छ । यद्यपी उपहार अस्वीकार गर्नुको कारण भने खुलाइएको छैन ।

जापानले पुटिनलाई सन् २०१२ मा यूमे नामको जापानी नस्लको एक कुकुर्नी उपहार दिएको थियो भने पुटिनले त्यो उपहार सहर्ष स्विकार गरेका थिए । त्यसकै साथीको रुपमा अर्को एक कुकुर पनि जापानले उपहार स्वरुप दिन लागेको थियो ।

तर जापान सरकारको तर्फबाट दिन लागिएको कुकुर उपहार पुटिनले अस्वीकार गरिदिएका छन् । पुटिनको यो निर्णयले दुई देशका बीचमा पछिल्लो दिनमा देखिएको तनावलाई प्रतिनिधित्व गरेको बिबिसीले उल्लेख गरेको छ । उत्तरी चार द्धिपका बारेमा दुई देशबीच विवाद छ ।

आफ्नो एक ब्लग पोष्टमा जापानी सांसद हेगिउदाले दुर्भाग्य स्वरुप हामीले रुसका जनतालाई सुनाउनु परेको छ, उपहारको रुपमा बेहुला दिने हाम्रो इच्छा टुट्यो भन्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?