विदेशी पर्यटकको सुविधालार्इ मध्यनजर गर्दै जापानले ल्यायो यस्तो योजना

जापान । टोकियो प्रहरिले जापान भ्रमणमा अाउने विदेशी पर्यटकलाई ध्यानमा राख्दै जापानका चौबाटोहरुमा १५ भाषाका यातायात नियन्त्रक उपकरण जडान गर्न सुरु गरेको छ।

सो उपकरणले विदशी पर्यटकलाई सहज हुने गरि चित्र तथा जापानी,कोरियन,अंग्रजी तथा चीनीया भाषाको माध्यमबाट निर्देशित गर्ने छन् ।

प्रहरिका अनुसार जापान भ्रमणमा आउने विदेशी पर्यटकहरुले आफ्नो स्मार्टफोन तथा अन्य उपकरणलाई यातायात नियन्त्रक उपकरणमाथि राखेर थाई,भियतनामी,जर्मन,रुसी ,तथा अन्य सात भाषामा उच्चारण गरिएका निर्देशन सुन्न सक्ने छन् ।

उच्चरित निर्देशन प्राप्त गर्नको लागि त्यससंग सम्बन्धित एक एप्लिकेशन डाउनलोड गर्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?