दक्षिण कोरियाको पछिल्लो अवस्था नियाल्दै जापान सरकार

जापन । जापानले दक्षिण कोरियाको पछिल्लो राजनीतिक अवस्थालाई नजिकबाट नियालीरहेको जनाएको छ ।

जापान सरकारको मन्त्रिपरिषद् कार्यालयका सचिव योशिहिदे सुगाले सरकारले दक्षिण कोरियाको पछिल्लो परिस्थितिका बारेमा आफुहरुले नजिकबाट नियालीरहेको बताएका हुन् ।
सुगाले कोरियाली संसदले राष्ट्रपति पार्क कुनेका विरुद्ध महाअभियोग प्रस्ताव पारित गरेपछिको अवस्था र आगामी नेतृत्वसँगको सहकार्यका बारेमा छलफल थालिएको बताए ।
उनले दक्षिण कोरियाको समान सामरिक हितका लागि जापान महत्वपुर्ण छिमेकी भएकाले सहकार्यका लागि आफुहरु तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?