जापानी प्रेम उद्योग, जहाँ पुरुषलाई बाँधेर महिलाले कोर्रा हान्छन् तर प्रेम दिन्छन्

जापान । जीवनमा अनेकथरी शोख हुने गर्दछन् । खास गरि पछिल्लो समय जापानमा नयाँ शोखको विकास भएको छ र जापानी पुरुषहरुले यस्तो काम गरिरहेका छन् ।

प्रेम प्राप्तीका लागि उनीहरुले प्रयोग गर्ने तरिका सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नु पर्दैन प्रेम प्राप्तीको एउटा यस्तो प्रयोगशाला रहेको छ, जहाँ महिलाहरुले पुरुषहरुलाई डोरीले बाँधेर विभिन्न हाते हतियारहरुले तड्पाई तड्पाइ कुट्छन् र अन्तिममा प्रेम गर्दछन् ।

जापानमा पछिल्ला दिनमा एउटा अनौठो सेक्स उद्योगले जबरजस्ती स्थान पाएको छ । प्रेम उद्योग नाम दिइएको यो उद्योगले नाम अनुसारकै ठूलो परिमाणमा युवाहलाई आकर्षित गरिरहेको छ ।

जापानमा धेरै पुरुषहरु अविवाहित छन् । तर अहिले उनीहरुले कुटाई खाएरै प्रेम प्राप्त गर्ने अनौठो सेवा उपभोग गर्न लालायित भएका छन् ।

जस अन्तरगत खुसी प्राप्त गर्नका लागि जापानी पुरुषहरु महिलाबाट पिटाइ खाने सेवा लिइरहेका छन् । जापानका स्थानीय मानिसहरुले प्राप्त गरिरहेको यो सेवालाई एकध अमेरिकी पत्रकारले चित्रमा उतारेका छन् ।

जसका लागि उनी आफैं प्रेम उद्योगमा पुगे र युवतीको हातबाट नमज्जाले कुटाई पनि खाए । अन्तिममा उनले प्रेम पाएर फर्कीए ।
कीन जापानी युवाहरु यस्तो उद्योगमा गइरहेका छन् ? यसुको जवाफ पाउन उनले यस्तो गरेका थिए । महिलाको हातबाट कोर्रा खाएर एकल पुरुषहरुले मिठास अनुभुती गर्नका लागि यस्तो गरिरहेको उनको निश्कषर्् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?