नेपाल पर्वतारोहण संघद्धारा स्वर्गिय तावेइप्रति श्रद्धान्जली प्रकट

जापान । नेपाल पर्वतारोहण संघले एक कार्यक्रमको आयोजना गरि पर्वतारोही जुन्को तावईप्रति श्रद्धान्जली प्रकट गरेको छ । तावेई सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने विश्वकै प्रथम महिला हुन् । उनको निधन गत अक्टोम्बर २० मा भएको थियो ।

जापानको प्रधानमन्त्री अवार्ड,गोरखा दक्षिण बाहु,अमेरिकन जोग्राफिकल सोसाईटीको सम्मान जस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित तावेई विश्वकै उदारणीय महिला हुन् ।

श्रद्धान्जली सभामा सहभागि नेपालस्थित जापानी दूतावासका डिपुटी चिफ अफ मिसन शिन्या माचिङले तावेईलाई हिम शिख चुम्ने आरोही लागि एक प्रेरणाको स्रोतको भएको बताएकाे छन् । साथै उनले तावेइले जापान र नेपाल विचको सम्बन्धलाई प्रगाढ बनाउन सेतुको काम गरेको बताएका छन् ।

श्रद्धान्जली सभामा सहभागि भएका पर्यटन मन्त्रालयका सचिव संखर प्रसाद शर्मा तथा नेपाल पर्वतारोहण सङ्घका प्रमुख सल्लाहकार आङ्किला शेर्पाले तावेईलाई विश्वकै आदर्श तथा सफल महिला भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?