जापानले रुससँग ८ बुँदे आर्थिक एजेण्डा उठाउने, रसिया ४ द्धिपमा केन्द्रीत हुँदै

जापान । जापानका प्रधानमन्त्री सिन्जो आबे र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामि हप्ता हुने शिखर बैठकको दौरानमा रुस नियन्त्रीत चार जापानी द्धिपबारे संयुक्त आर्थिक गतिविधिका बारेमा ठोस सम्झौता गर्ने भएका छन् । जापानमा यी द्धिपलाई उत्तरी क्षेत्रका रुपमा लिने गरिन्छ ।

दुई नेताहरुका बीच विभिन्न मुद्दामा चर्चा हुने छ । आगामि बिहीबार पश्चिम जापानस्थित यामागुचीमा दुई नेताबीच भेटवार्ता हुँदै छ । यसमा रुस नियन्त्रीत चार द्धिपमा आपसी सहयोग र क्षेत्रीय विवादका मुद्दा सामेत छन् ।
दुई नेताबीच आगामी बुधबार टोकियोमा पनि भेटवार्ता हुने छ । शिखर सम्मेलनमा दुई देशका उद्योगपतिहरुको पनि सहभागिता रहने छ । जापानले आर्थिक सहयोग सम्बन्धी ८ बुँदे एजेण्डा पेश गर्ने छ ।

रुसले भने विवादीत द्धिपहरुमा संयुक्त आर्थिक लगानीको प्स्ताव राख्ने छ । जापानले यी द्धिपहरुको उत्तरी क्षेत्रको दाबी गरिरहेको छ ।

जापानले यी भुभाग आफ्नो महत्वपुर्ण क्षेत्र भएको बताउँदै आएको छ भने रुसले आफ्नो पनि स्वामित्व दाबी गरिरहेको छ । दोस्रो विश्वयुद्धपछि रुसले यी द्धिपहरु अबैध कब्जा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?