जापानी विद्यार्थीहरुमा विज्ञान विषयमा रुची घटेको सर्वेक्षणमा देखियो

जापान । जापानको माध्यमिक तहमा पढ्ने विद्यार्थीहरुलाई आफ्नो पढाईमा खासै रुची नभएको एक अन्तर्राष्ट्रिय सर्वेले देखाएको छ ।

विश्वमा विज्ञानको क्षेत्रमा उत्कृष्ट प्रतिभाहरु उत्पादन गर्ने मुलुक जापानका विद्यार्थीहरुनै आफ्नो अध्यनमा देखाउने नगरेको सर्वेले देखाएको हो ।

अघिल्लो वर्ष आर्थिक सहयोग तथा विकास संस्थाले गरेको सर्वेक्षणको नतिजा मंगलवार सार्वजनिक गरेको हो । सो संस्थाले १५ वर्ष उमेरका विद्यार्थिहरुले विज्ञान, गणित विषयमा देखाएको रुची तथा प्रगतिको आधारमा नतिजा सार्वजनिक गर्ने गरेको छ ।

हाईस्कुलको पहिलो वर्षमा अध्ययनरत जापानी विद्यार्थीहरु विज्ञान विषयमा दोस्रो श्रेणीमा गनिएका छन् । जवकी त्यस मध्य ३५ प्रतिशत विद्यार्थीहरुले मात्र आफुलाई विज्ञान विषयका कितावहरु पढ्ने रुची भएको सर्वेक्षणमा बताएका थिए ।

जुन संख्या आर्थिक सहयोग तथा विकास संस्थाका व्यक्तिहरुको औसत रुची भन्दा १७ नम्बरले कम हो ।

जस मध्य ५५ प्रतिशतले विज्ञान विषय पढ्न रुची लाग्ने गरेको प्रतिक्रिया दिएका थिए जुन संख्या औसत भन्दा १२ नम्बरले न्यून हो ।
सर्वेक्षणमा जापानी विद्यार्थीहरु मध्य ६१ प्रतिशतले विज्ञान विषयको अध्ययन गरे भविष्यमा राम्रो हुने भनेर विषय छनौट गरेको देखिएको छ ।

त्यसरी विषय छनौट गर्नेहरुको संख्या १० वर्षमा १५ नम्बरले बढेको देखिएको छ । यूवा विद्यार्थीहरुलाई विज्ञान विषयमा रुची बढाउन उनीहरुलाई हौसला दिनुपर्ने जापानी शिक्षा मन्त्रालयले बताएको छ ।

सो संस्थाले गरेको सर्वेक्षणमा विज्ञान विषयमा अत्याधिक रुची राख्ने विद्यार्थीहरु सिंगापुरमा पाईएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?