जापानको चिडियाघरमा बर्डफ्लू देखियो

जापान । जापानको येची क्षेत्रमा रहेको एक चिडियाखानामा रहेको कालो प्रजातिको हाँसमा बर्डफल्यु देखिएको छ । हिगाशियामा चिडियाघरका अधिकारीहरुले बर्ड फ्लु भाईरसको टेस्ट गर्दा परिक्षणमा पोजेटिभ देखिएको हो ।

अधिकारीहरुका अनुसार मंगलवार उनीहरुले भाले हाँसमाथि परिक्षण गरेका थिए । भाले हाँस कमजोर देखिएपछी शंका लागेर परिक्षण गरिएको र परिक्षण पश्चात सो हाँस मरेको अधिकारीहरुले बताएका छन् ।

पछिल्लो हप्ता मात्रै हाँस चिडियाखानामा ल्याउन अघि सम्म हाँस चिडियाघर नजिक रहेको तलाउमा बस्ने गरेको बताईएको छ ।
चिडियाघरका अधिकारीहरुका अनुसार नोभेम्बर २९ देखि अहिले सम्म बर्ड फ्लुको परिक्षणमा नेगेटिभ देखिएपनि २ पोथी हाँस मरिसकेको बताएका छन् ।

मृत भईसकेका ३ हाँसहरुलाई थप परिक्षणका लागि विश्वविद्यालयको ल्यावमा पठाउने समेत भएको छ । बर्ड फ्लु फैलिने आशंकामा तत्कालका लागि चराचुरुंगीहरु रहेका स्थानमा अवलोकनका लागि रोक लगाईएको चिडियाखानाका अधिकारीहरुले बताएका छन् ।

येची क्षेत्रमा रहेको चिडियाघरको १० किलोमिटर आसपास चराहरु मरेनमरेको अनुसन्धान गर्ने स्थानीय सरोकारवाला निकायले जानकारी दिएको छ । पूर्वी जापानमा पछिल्लो महिनामा मात्रै दश हजार हाँस तथा कुखुराहरु बर्ड फ्लुको आशंकामा मारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?