जापानको ३ सहरमा गल्कोट समाजको भव्य कार्यक्रम, सहभागीले पाउनेछन् यस्ता पुरस्कार

जापान । गल्कोट समाज जापानले नेपालका अतिविकट तथा भूकम्प प्रभावित क्षेत्रहरुमा विद्यालय भवन निर्माणका लागि जापानका प्रमुख ३ सहरहरुमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा गल्कोट समाज जापानले गल्कोट क्षेत्रमा पर्यटन प्रवद्धन गर्ने उदेश्य सहित सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो।

सांगीतिक कार्यक्रममा सहभागी हुने सहभागीहरु मध्यलाई प्रत्येक सहरमा १/१ जनालाई ट्याब्लेट र स्मार्ट फोन १/१ थान उपहार समेत दिने योजना बनाएको आयोजकले जनाएको छ ।

अघिल्लो वर्ष पनि समाजले जापानको ३ प्रमुख शहरमा उपस्थित दर्शक मध्य १/१ जनालाई नेपाल जाने आउने हवाई टिकट उपहार दिएको थियो ।

समाजले जापानको ३ सहरमा आयोजना गरेको कार्यक्रममा उपस्थित दर्शकहरु मध्य ९ जनालाई भाग्यशाली विजेता घोषणा गरिने आयोजकले बताएको छ ।
आयोजकका अनुसार विजेता ३ जनाले स्मार्टफोन, ३ जनाले ट्याब्लेट र ३ जनाले नेपाल जाने आउने हवाई टिकट उपहार पाउने छन् । विजेताहरुलाई प्राप्त हुने आवतजावत हवाईटिकटको प्रायोजन काठमाडौंमा रहेको सिरेन ट्राभलले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?