जापानी प्रधानमन्त्री आबेले गर्नेभए अमेरिकी रापतिसँगै पर्ल हार्वरको भ्रमण

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आवेले डिसेम्बर २६ र २७ मा अमेरिकी नौ सेनाको हवाईस्थित शिविरको भ्रमण गर्ने भएका छन्र ।

आवे जापानले अमेरिकी नौसेनाको शिविरमा सन् १९४१ मा आक्रमण गरेपछि हवाईस्थित उक्त शिविरको भ्रमण गर्ने पहिलो जापानी उच्च अधिकारी हुने छन्र ।

जापानी प्रधानमन्त्री आवेले हवाई आक्रमण भएको ७५ औँ वर्ष पुग्नुभन्दा ठिक दुई दिन पहिले अप्रत्यासित रुपमा अमेरिकी राज्य हवाईको भ्रमण गर्ने विषयबारे एक संक्षिप्त विज्ञप्ति जारी गरी जानकारी गराएका हुनन्र ।

अमेरिकी राष्ट्रपतिका रुपमा करिब छ महिना पहिले वर्तमान राष्ट्रपति बाराक ओबामाले दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ मा जापानविरुद्धको आक्रमणमा जापानी सहर हिरोसिमा र नागासाकीमा बम खसालेको स्थानको भ्रमण गरेका थिए। उक्त आक्रमणमा एक लाखभन्दा बढी जापानी नागरिकको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र आवेले हवाईमा सँगै भ्रमण गर्ने आवेको निकटस्रोतले बताएको छ ।

भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै जापानी प्रधानमन्त्री आवेले भनेका छन्र , “जापान कहिल्यै पनि युद्धका दुःखद घटनालाई प्रोत्साहित गर्ने छैन । म यो प्रतिबद्धतासहितको सन्देश सबैमा दिन चाहन्छु । यति नै बेला मैले जापान र अमेरिकाबीचको पुनःमिलनको खबर विश्वसामु प्रवाह गर्न चाहन्छु ।”

ह्वाइट हाउसले पनि डिसेम्बर २७ मा ‘दुई नेता’ (ओबामा र आवे) ले हवाई नौसैनिक आधार शिविरको भ्रमण गर्ने कार्यक्रम रहेको पुष्टि गरेको छ ।

जापानले हवाईस्थित सैनिक अखडामा गरेको आक्रमणमा दुई हजार ३०० भन्दा बढी अमेरिकी अधिकारीको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री आवे डिसेम्बर २७ को बिहानै हवाईस्थित नौसैनिक शिविरको भ्रमण गर्ने र बिहान ७ः५५ बजे केही क्षण मृतकको सम्झनामा एक मिनेट मौनधारण गरिनेछ । मौनधारणपछि जापानी प्रधानमन्त्रीले उक्त शिविरको निरीक्षण गर्ने छन्र ।

भ्रमणबारे सञ्चारकर्मीसँग बोल्दै जापानी प्रधानमन्त्री आवेले भनेका छन्र , “अमेरिकी राष्ट्रपतिसहितका अधिकारीसँग हवाईमा हुने हाम्रो कुराकानी जापान र अमेरिकाबीच भविष्यमा अहिलेसम्मकै मजबुत सहकार्य हुने कुरा विश्वलाई जानकारी दिने एक क्षण बन्नेछ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?