आवे लामो समय पदासिन चौथो जापानी प्रधानमन्त्री

जापान । जापानका प्रधानमन्त्री शिंजो आवे लामाे समय सम्म पदभार सम्हाल्ने चौथो जापानी  प्रधानमन्त्री बनेका छन्।

यहि डिसेम्बर पाँचमा आवेको प्रधानमन्त्री कार्यकालले १ हजार ८ सय ७ दिन पुरा गर्नेछ । उनकाे कार्यकाल जापानी पुर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको भन्दा एक दिनले बढि रहेको छ । यासुहिराेले सन १९८२ को नोभेम्बर देखि १९८७ को नोभेम्बर सम्म प्रधानमन्त्रीको पद सम्हालेका थिए ।

सेप्टेम्बर २००६ मा प्रधानमन्त्री बनेका आवेले १ वर्ष पश्चात पद त्यागेका थिए । तर उनले डिसेम्बर २०१२ देखि पुन प्रधानमन्त्रीको कार्यभार सम्हालीरहेका छन् ।

उनको १ हजार ८ सय ७ दिवसीय प्रधानमन्त्री कार्यकालमा पहिलाे कार्य अवधी पनि सामेल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?