टोकियोमा हुने ‘रामेछाप सांगीतिक साँझ २०१६’ को सम्पूर्ण तयारी पूरा (प्रोमो सहित)

टोकियो । रामेछाप समाज जापानद्वारा आयोजित ‘रामेछाप सांगीतिक साँझ २०१६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

‘बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नाराका साथ रामेछाप समाजले रामेछाप जिल्लाका दुर्गम क्षेत्रमा एम्बुलेन्स र स्वास्थ्य सामाग्री प्रदान गर्ने उद्देश्यले रामेछाप सांगीतिक साँझ २०१६ गर्न लागिएको हो ।

नेपालबाट चर्चित आधा दर्जन भन्दा बढी कलाकारहरुको सहभागितामा हुने सो कार्यक्रममा कलाकारहरूको बेजोड़ प्रस्तुतीमा जापानवासी नेपालीलाई मनोरञ्जन गराउने साथै सामाजिक अभियानमा समेत सहयोग पुग्ने समाजका अध्यक्ष उत्तम श्रेष्ठले बताए ।

टोकियोस्थित इकेगामी हलमा डिसेम्बर ११ तारिख आईतवारको दिन दिउँसो ४ बजेबाट कार्यक्रम सुरु हुने समाजले जनाएको छ । कार्यक्रममा नेपालबाट पप तथा आधुनिक गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, सिर्जु अधिकारी, हाँस्य ब्यंग्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे र जापानमै रहेका गायक दर्शन लामा (राजु) को समेत प्रस्तुती रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?