गीतकार अर्जुन राजको गीति संग्रह ‘हर्ट टु हर्ट’ मा दुर्गेश संगै रमेश र प्रीतिको अभिनय (भिडियाे सहित )

जापान । मदानी इन्टरटेन्टमेन्टको नयाँ प्रस्तुतीको रुपमा बजारमा आएको गीतकार अर्जुन राजभण्डारीको गीति संग्रह ‘हर्ट टु हर्ट’ मा चर्चित मोडल दुर्गेश थापासंगै जापान बस्दै आएका रमेश खत्री तथा प्रीति खत्रीको पनि अभिनय रहेको छ ।

जापानबाट विदा मनाउन नेपाल गएका दम्पती द्धय खत्रीले भिडियोमा देखिने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन् । साथै अभिनयमा निक्कै अभिरुची भएको बताउने खत्रीले पहिलो भिडियाे भएकाले राम्रो गर्ने कोशिस गरेको बताएका छन् ।

भिडियो डाईरेक्टर क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोमा ख्याति प्राप्त विदुर पाण्डेको छायाँकन रहेको छ । गायक बादल थापाको कर्ण प्रिय स्वरमा सजिएको सो गीतमा गायक स्वयमकै संगीत रहेको छ ।

विल्कुलै फरक स्वादमा तयार गरिएको ‘हार्ट टु हार्ट’ को भिडियोमा गोदावरी र आसपासका सुन्दर दृश्यलाई कैद गरिएको गीतकार अर्जुनराज भण्डारीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?