गितकार अर्जुनराजको गितिसंग्रह ‘हार्ट टु हार्ट’मा दुर्गेश संगै रमेश र प्रितीको अभिनय (भिडियाे सहित )

जापान । मदानी इन्टरटेन्टमेन्टको नयाँ प्रस्तुतीको रुपमा बजारमा आएको गितकार अर्जुनराज बरालको गितिसंग्रह ‘हार्टु टु हार्ट’मा चर्चित मोडल दुर्गेश थापासंगै जापान बस्दै आएका रमेश खत्री तथा प्रिती खत्रीको पनि दमदार अभिनय रहेको छ ।

जापानबाट विदा मनाउन नेपाल आएका दम्पती द्धय खत्रीले भिडीयोमा देखिने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन् ।

 साथै अभिनयमा निक्कै अभिरुची भएको बताउने खत्रीले पहिलो भिडियाे भएकाले राम्रो गर्ने कोशिस गरेको बताएका छन् ।

भिडियो डाईरेक्टर क्रान्ती केसीको निर्देशन तथा सम्पादन रहेको भिडीयो मा ख्याती प्राप्त विदुर पाण्डेको छायंकन रहेको छ ।

गायक बादल थापाको कर्ण प्रिय स्वरमा सजिएको सो गीतमा गायक स्वयमकै संगीत रहेको छ ।

विल्कलै फरक स्वादमा तयार गरिएको ‘हार्ट टु हार्ट’ को भिडियोमा गोदावरी र आसपासका सुन्दर दृश्यलाई कैद गरिएको गितकार अर्जुनराज भण्डारीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?