उत्तर कोरिया विरुद्ध राष्ट्रसंघ पछि जापान थप आक्रामक

जापान । जापानले उत्तर कोरियामाथिको प्रतिवन्धलाई थप कडा पार्ने भएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्धारा उत्तर कोरियाको परमाणु मिशाइल विकास कार्यक्रमलाई बढवा दिएको विरुद्धमा कडाई गर्ने बताएसँग जापानले पनि कडाई थालेको हो ।

प्रधानमन्त्री सिन्जो आबेले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यहरुसँग यस बारेमा छलफल गरेका हुन् ।

नयाँ प्रतिवन्ध अन्तरगत जापानमा रहेका उत्तर कोरियाका अधिकारीहरुलाई स्वदेश फर्काइने छ ।

उनीहरुलाई जापान आउन रोक लगाइने छ । संशोधित प्रतिवन्ध अनुसार जापानको पञ्जीकृत जहाजबाहेक अन्य जहाजहरुको प्रवेशमा रोक लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?