सम्मेलनलाई सफल बनाउन रसियन राष्ट्रपति पुटिन र जापानी विदेशमन्त्री किशिदा एकमत

जापान । जापानी विदेश मन्त्री फुमियो किशिदा र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन बिच दुई देश विच हुने विशेष सम्मेलन सफल बनाउने विषयमा मोटामोटी निष्कर्षमा पुगेका छन् । शुक्रवार पिटरवर्गमा किशिदा र पुटिन विच ३० मिनेट कुराकानी भएको थियो।

दुई पक्ष विच वार्ता हुनु सकारात्मक भएको पुटिनले बताएका छन् । डिसेम्बरमा दुई देश विच हुने सम्मेलनले विभिन्न क्षेत्रमा सकारात्मक नतिजा हासिल गर्ने भन्दै रसियामा रहेका किशिदाले जापानी प्रधानमन्त्री आवेलाई चिठी प्रदान गरेका छन् ।

आवे र पुटिन बिच डिसेम्बर १५ र १६ मा जापानको यामागुची क्षेत्रमा वार्ता हुने बताईएको छ । सम्मेलनमा कसरि प्रस्तुत हुने भन्ने विषयमा पुटिनले अहिले गृहकार्य गरिरहेको किशिदाले बताएका छन् । दुई पक्षवीच हुने छलफलमा शान्ति सन्धि लगायत सामारिक समुन्द्री टापुहरुको विषयमा पनि छलफल हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?