जापानको आओमोरीमा परम्परागत ‘कोइले ट्रेन’ को सञ्चालन सुरु, रेल चढ्दा यस्तो फाइदा

जापान । जापानको उत्तरमा अवस्थित बर्फीले आओमोरी प्रिफैक्चरमा कोइलाबाट चल्ने रिम्परागत अंगीठीयुक्त कोइले रेल सेवा सञ्चालनमा आएको छ ।

 

गोशोगावारा शहरबाट नाकादोमारी नगर जोड्ने यो रेल सेवा यस जाडो मौसममा पनि विशेष तरिकाबाट सञ्चालन हुने छ । यसको दुवै डिब्बामा गोलाकार अंगीठी राखिएको छ ।

जसमा तातो कोइलाले राप दिन्छ । रेल सेवाका क्रममा यात्रुहरुलाई जाडोबाट कोइलाको तापले बचाउँछ ।

यो रेलले ३० भन्दा बढी स्वदेशी र केही विदेशी सहित आफ्नो सेवा उद्घाटन गरिसकेको छ । गोशोगावारा स्टेशनबाट यो मौसमको पहिलो सेवा सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?