हिरोसिमाको म्युजियममा ओवामाको चिठी

जापान । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले जापानको हिरोसिमा पिस मेमोरियल म्युजियममा चिठी पठाएका छन् । उनले अघिल्लो वर्षको मे महिनामा सो म्युजियमको भ्रमण गरेका थिए ।

म्युजियमका अधिकारीहरुले बताए अनुसार ह्वाईट हाउसबाट नै ओबामाको चिठी आएको हो ।

पत्रमा ओवामाले मे महिनामा आफुले हिरोसिमा भ्रमण गर्नुको उदेश्य भनेको आणविक हतियार विनाको विश्व बनाउनु रहेको बताएका छन् ।

उनले चिठीमा धेरै मानिसहरुले इतिहासबाट सिक्न चाहेका छन् र इतिहासमा भएका भूलहरूबाट सिक्दै अगाडी बढ्दा हाम्रो अगाडी सुन्दर भविष्य आउँदै गरेको बताएका छन् ।

म्युजियमका केन्जी शिगाले ओबामाले म्युजियममा जे देखेका थिए त्यसलाई मनन गर्दै चिठीमा आफ्ना भावनाहरु व्यक्त गरेको बताएका छन् । साथै शिगाले निकट भविष्यमा ओवामा आफ्नो परिवार सहित फेरी म्युजियम घुम्न आउने आशा व्यक्त गरेका छन् । ओवामा हिरोसिमा भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?