जापानको परम्परागत साँस्कृतिक झाँकी युनेस्कोको धरोहर सुचिमा

जापान । संयुक्त राष्ट्रसंघीय सम्पदा आयोग (युनेस्को)ले झाँकी तथा परेड तर्फ विभिन्न ३३ वटा जापानी उत्सवहरुलाई अमुर्त सांस्कृतिक धरोहरको सुचिमा सुचिकृत गरेको छ ।

 

यीनलाई साँस्कृतिक झाँकीहरु भनेर उल्लेख गरिएको छ । इथियोपियामा सम्पन्न युनेस्कोको बैठकले ३३ वटा विभिन्न जापानी संस्कृतिक नाचहरलाई सुचिकृत गर्ने निर्णय गरेको हो ।

युनेस्कोले यी उत्सवहरु मार्फत् जापानीहरुको सृजनाको सञ्चार भएको र यो परम्परागत रुपमा पुस्तान्तरण भैरहेकाले सुचिकृत गरिएको उल्लेख गरेको छ ।

युनेस्कोले सन् २०११ मा आएको महाभूकम्प र सुनामीका बीचपनि जापानीहरुले आफ्नो कला स.स्कृति संरक्षणमा देखाएको भुमिकाको उच्च मुल्यांकन गरेको जनाएको छ ।

जापानी उत्सवको अमुर्त सांस्कृतिक धरोहरको सुचिमा दर्ता भएसँगै कुल जापानी धरोहरको संख्या २१ पुगेको छ, जसमा काबुकी सहित परम्परागत जापानी भोजन वाशोकु पनि समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?