जापान आएका कांग्रेस बरिष्ठ नेता पौडेल भन्छन्– संविधान कार्यान्वयनका लागि पनि संशोधन आवश्यक

टोकियो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेको साथ र सहयोग विना हुने संविधान संशोधनको कऔचित्य नरहने बताएका छन् ।
जापान भ्रमणमा रहेका बरिष्ठ नेता पौडेलले संविधान संशोधन र सथानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि विश्वासमा लिन सक्नुपर्ने बताएका हुन् ।

पौडेलको सम्मानमा गैर आवासीय संघ जापानले आयोजना गरेको स्वागत तथा भेठघाट कार्यक्रममा बरिष्ठ नेता पौडेलले आम जनताको भावना बुझेर मात्र सीमांकनको टुंगो लगाइनुपर्ने बताए ।

उनले केही मधेसी दलका नेताहरुले भनेको कुरा भन्दा पनि त्यहाँको जनताको भावना अनुसार सरकार अघि बढ्नुपर्ने बताए ।

बरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि संविधान संशोधन आवश्यक रहेको भन्दै यो कामका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि बताए ।

नेपा पौडेलले संविधान जारी गर्ने बेलामा पनि जनताको भावना अनुरुप संविधान संशोधन गर्दै जाने प्रतिवद्धता प्रमुख दलका शीर्ष नेताहरुले जनाएकाले अहिले आएर संशोधन नगर्ने अडान लिनु गलत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?