जापानी राजकुमारको ५१ औं जन्मदिन, सम्राट बारे गरे यस्तो खुलासा

जापान । जापानी राजकुमार अकिशिनोले आफ्ना पिता अर्थात सम्राट अकिहितोले आफ्नो बढ्दै गरेको उमेरको कारण देशले दिएको जिम्मेवारी बहन गर्न गाह्रो हुँदै गरेको बताएका छन्।
राजकुमार आफ्नो ५१ जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा राजकुमारीसंग उपस्थित भएर सो कुराको खुलासा गरेका हुन् । उनि सम्राटका दोस्रा छोरा हुन् ।
अगष्ट महिनामा भिडियो मार्फत सम्राटले बोलेका कुराहरुलाई इंगित गर्दै राजकुमारले एक उहाँले आफ्नो उमेरका कारण जिम्मेवारी बहन गर्न नसक्ने कुरालाई प्रष्ट संग पत्रकारहरु विच व्यक्त गरेका छन् ।
पहिले देखि नै सम्राटले त्यो बारेमा जापान सरकार र उच्च अधिकारीहरुलाई आफ्नो समस्याको बारेमा बताउँदै आएको राजकुमारले प्रष्ट पारे ।
सेरोमोनियल अधिकार सहितको सम्राट भएका कारण सम्राटलाई आफ्ना धारणाहरु व्यक्त गर्न केहि असजिलो भएता पनि सम्राटले छिट्टै आफ्ना धारणाहरु अघि सार्ने राजकुमारले बताएका छन्।
वर्तमान जापानको कानुनले सम्राटलाई आफैले राजिनामा गर्न पाईने साथै सरकार विरुद्द कुनै प्रकारको विरोध या गतिविधि गर्न पाउने अधिकार दिएको छैन ।
सम्राटको बढ्दो उमेरका कारण अब शारीरिक श्रम गर्न नसक्ने र राजिनामा दिलाउन छिट्टै पहल गर्न राजकुमारले सरकारलाई अनुरोध पनि गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?