शिन ओकुबोमा कमेडी चलचित्र ‘जात्रा’ डिसेम्वर ४ मा दोश्रो सो हुँदै (ट्रेलर सहित)

टोकियो । नेपाली कथानक चलचित्र ‘जात्रा’ को बाराकाँडे हलमा दोश्रो सो हुने भएको छ । सनराईज कर्पोरेसन् र बाराकाँडेको संयुक्त प्रस्तुतीमा सो चलचित्र टोकियो स्थित शिन ओकुबोमा दोश्रो सो गर्न लागिएको भएको हो ।

नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेका निर्देशक प्रदिप भट्टराईद्वारा निर्देशित चलचित्र जात्रामा मुख्य भूमिकामा विपिन कार्की, रविन्द्र सिंह बाँनिया, बर्षा राउत र रविन्द्र झा ले अभिनय गरेका छन् ।

नेपालमा तेश्रो हप्तामा चलिरहेको कमेडी चलचित्र ‘जात्रा’ व्यवसायिक रुपमा सफल मानिएको छ । जापानमा जात्रा प्रदर्शनको अफिसियल मिडिया पार्टनर जापान सन्देश डट कमले गरेको छ ।

यसको आयोजक सनराईज कर्पोरेसन् लिमिटेड र बाराकाँडे रेष्टुरेन्ट रहेको छ । टोकियो वाहिर प्रदर्शनका लागि इच्छुक व्यक्ति तथा संघ संस्थाले समेत सम्पर्क गरेमा प्रदर्शनका लागि अनुमति दिने आयोजकले जनाएको छ ।

बाराकाँडे रेष्टुरेन्ट स्थित ‘बाराकाँडे गुड टाईम्स हल’ मा नेपाली चलचित्र नियमित प्रदर्शन गरिने आयोजक कुमार कार्कीले बताए । चलचित्र जात्राको आधिकारिक वर्ल्ड वाईड विक्रेता हाईलाइटस् नेपाल रहेको छ ।

चलचित्र देखाईने मिति, स्थान र समय

मिति : ४ डिसेम्वर २०१६ आईतवार

समय : ६ बजे बेलुका

टिकट दर : २००० जापानी येन

ठेगाना : TOKYO-TO, SHINJUKU-KU, OKUBO 1-14-18, BARIYU OKUBO B1

सम्पर्क : 03-6205-6659

स्टेशन : SHIN OKUBO (YAMANOTE LINE) OKUBOB (IR LINE)

हल : BARACADE GOOD TIMES

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?