
जापान । सन् २०२० मा हुन लागेको टोकियो ओलम्पिक तथा पारा आलम्पिक खेलको आयोजक समितिका सदस्यहरुले रियो ओलम्पिकका समकक्षीहरुसँग छलफल गरेका छन् ।
टोकियो ओलम्पिक समितिका अध्यक्ष योशिरो मोरी, टोकियोका गर्भनर युरिको कोइके तथा रियो ओलम्पिक कमिटीका प्रमुख एवं ब्राजिलको रियो दि जेनेरियोका महापाल एदुआर्दो पेश र उनको समुहबीच टोकियोमा छलफल भएको हो । बैठकमा करिब ३ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समारोहको उद्घाटन शत्रमा बोल्दै मोरिले रियो ओलम्पिकको अनुभव टोकियो ओलम्पिकका लागि उपयुक्त हुने भएकाले बैठक आयोजना गरिएको बताएका थिए ।
उनले सन् २०२० मा आयोजना हुनलागेको ओलम्पिकले विश्वलाई नै खेलको शक्तिबा बारेमा नयाँ शिक्षा दिन आफुहरु हतार इच्छुक रहेको बताए ।
कार्यक्रममा गर्भएनर कोइकेले टोकियोमा आफुहरुले खेलाडीहरुको ध्यान खेलमा मात्रै केन्द्रीत हुनेगरि वातावरण तयार पार्न लागेको बताए ।
कार्यक्रममा रियो ओलम्पिकको तयारीको जिम्मेवारी लिएका ओलम्पिक कमिटीका सदस्यको समेत सहभागिता रहेको थियो ।
यो तीन दिवसीय बैठकमा आयोजना स्थलको अवस्था, तयारी, मैदान निर्माणको प्रगतिका बारेमा जानकारी गराइएको थियो । रियो आयोजना समितिका प्रमुख कार्लोस आर्थरले सुरक्षालाई विशेष ध्यान दिन सुझाव दिएका थिए ।