प्रवासी नेपाली मन्चको अध्यक्षमा महेन्द्र श्रेष्ठ

जापान । प्रवासी नेपाली मन्च जापानको अध्यक्षमा महेन्द्र श्रेष्ठ चुनिएका छन् । एमालेको प्रवासी संगठन मन्चले एक दिन ढिलो गरि पदाधिकारी चयन गरेको थियो ।

मन्चले पाँच जना उपाध्यक्षमा बाबुराम भण्डारी, सिद्धार्थ श्रेष्ठ, कुलचन्द खरेल, मोहन रायमाझी, बलराम भुसाललाई चयन गरेको छ ।

त्यस्तै मन्चले महासचिवमा सुरेश केसी, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष – पशुपति गिरी र दुई सचिवमा क्रमश विकास पौडेल र जीवन अर्याललाई चयन गरेको छ ।

कार्यसमिति सदस्यहरूमा क्रमश पर्शुराम बस्नेत, भिम न्यौपाने, देबिलाल भंडारी, बुद्धिराज धिमिरे, प्रकाश महरा, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी, प्रकाश ढकाल, स्वतन्त्र पौडेल, आलोक चालिसे, दीप पाठक, सागर रिजाल,  राजु तिवारी र नारायण पौडेल रहेका छन्।

कार्यक्रममा एमाले स्थाई समिति सदस्य, प्रस्तावित क्षेत्र नं ४ का संयोजक तथा पूर्व मन्त्रि किरण गुरुङ तथा विशेष अतिथि एमाले बैकल्पिक सदस्य राजन राईको विशेष उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?