प्रख्यात जापानी पप गायक गिरफ्तार

टोकियो । जापानी पप गायक अस्कालाई गैरकानुनी तरिकाले लागुऔषध प्रयोग गरेको आरोपमा टोकियो प्रहरीले गिरफ्तार गरेको छ ।उनलाई लागुपदार्थ सेवन गरे नगरेको परिक्षण गरेपछि त्यस्तो खुल्न गएको हो ।

अनुसन्धान गरेको आधारमा ५८ वर्षीय गायककार जसको वास्तविक नाम शिगेकी मियाजाकीलाई घरबाट इमर्जेन्सी फोन आएको थियो ।

प्रहरीका अनुसार अस्का घर पुग्दा होसमा नरहेको र अर्ध मुर्छित अवस्थामा रहेको बताएका छन् । सन् २०१४ मा टोकियोको जिल्ला अदालतले उनलाई ३ वर्षको लागि जेल सजाय सुनाएको थियो । साथै ४ वर्षको लागि कुनै पनि प्रकारको लागुपदार्थ सेवन गर्न बन्देज नै लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?