टोकियो ओलम्पिकका खेल स्थानहरु तय गरिँदै

टोकियो । टोकियोमा सन् २०२० मा आयोजना हुने ओलम्पिक खेलकुदमा अपुग भएका खेल स्थानहरुको बारेमा मंगलवार टुंगो लाग्ने भएको छ ।

टोकियो ओलम्पिकका काम गर्ने कमिटि, अन्तराष्ट्रिय ओलम्पिक कमिटि, ओलम्पिक खेल आयोजक समिति टोकियो, जापानी केन्द्रिय सरकार तथा टोकियो महानगरपालिकाका अधिकारीहरु बिच आईतवार भएको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा कुन स्थानमा खेलहरु खेलाउँदा कस्ता कस्ता फाईदा बेफाईदाहरु हुन्छन् भन्ने बारेमा छलफल भएको जनाईएको छ । केहि खेलहरु रोईंग र कानोई क्याके टोकियोको वाटरफ्रन्ट क्षेत्रमा गर्ने की भन्ने विषयमा छलफल भएको पनि जनाईएको छ ।

साथै केहि खेलहरु उत्तरी जापानको मियागी क्षेत्रमा गर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाईएको छ । भलिबलका लागि टोकियोको अरिके अरिना क्षेत्रमा अन्य जानकारी प्राप्त गरी निर्णय गरिने आईओसीले बताएको छ ।

स्विमिङका लागि कोटो वार्डमा १५००० देखि २०००० सम्मको मानिस अट्ने स्टेडियम बनाउने अन्य व्यक्तिहरुले माग गरेका छन् । बैठकले मोटामोटी निर्णय गरेपनि अन्तिम निर्णय भने राजनैतिक नेताहरुले गर्ने आईओसिका उच्च अधिकारी क्रिस्टोफ दुबीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?