नेपाली प्राध्यापक लामिछानेद्वारा लेखिएकाे पुस्तकलार्इ जापानी पुरस्कार

जापान ।  जापानको चुकुबा विश्वविद्यालयका सहप्राध्यापक डा .कमल लामिछानेद्वारा लिखित‘डिस्याबिलिटी, एजुकेशन एण्ड इम्प्लोइमेन्ट इन डिभेलोपिङ कन्ट्रिज स् फ्रम च्यारिटी टु इन्भेष्टमेन्ट’लाई २०१६ को ‘अन्तर्राष्ट्रिय विकासका लागि जापानी समाज’  (जासीड) पुरस्कार–२०१६ प्रदान गरिएको छ ।

लामिछानेकाे साे पुस्तक सन् २०१५ मा क्याम्ब्रिज विश्वविद्यालयको छापाखानाबाट प्रकाशित भएको थियो ।

जासिड जापानका विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका शिक्षा र समग्र विकास सम्बन्धि अनुसन्धान गर्नेहरुद्वारा स्थापना गरिएको महत्वपूर्ण  संगठन हो ।

चितवनको कालिका नगरपालिकास्थीत जुटपानी निवासी डा. लामिछानेलाई सो पुरस्कार नोभेम्बर २६ हिरोसिमा विश्वविद्यालयमा भएको एक सम्मेलनमा वितरण गरिएको थियो ।

सो संस्थानले लामिछाने को पूस्तकले अपांगता भएका नागरिकहरुलाई रोजगारी तथा शिक्षाको दया नभई लगानीकाे अवधारणाबाट हेरिनु पर्ने विषयमा जोड दिइएको बताएकाे छ । संस्थानले लामिछानेकाे पुस्तक  अनुसन्धात्मक  क्षेत्रकाे उल्लेखनिय उपलव्धी भएकाले पुरस्कृत गरिएको बताएको छ ।

डिस्याबिलिटी, एजुकेशन एण्ड इम्प्लोइमेन्ट इन डिभेलोपिङ कन्ट्रिज स् फ्रम च्यारिटी टु इन्भेष्टमेन्ट’  लेखक लामिछाने विद्यावारिदी गर्ने पहिलाे नेपाली  दृष्टिविहिन हुन ।

उनले  करिब १५ प्रतिशतका हाराहारीमा विश्वमा रहेका अपांग नागरिकहरूकाे समान सहभागिता तथा अार्थिक विकासकाे लागि पुस्तकमा उठाइएका विषयहरूमा जाेड दिन सके सबै तहका मानिसहरूका लागि लाभदायक हुने बताएका छन् ।

तिब्र विकासका लक्ष्यहरुलाई विस्थापित गर्दै दिगो विकासका लक्ष्यहरु कार्यान्वयन हुँदै गरेको वर्तमान अवस्थामा अपाङ्गतालाई केन्द्रमा राखी लेखिएको सो पुस्तक सन २०१४ काे अन्तराष्ट्रिय अपांग दिवसमा न्युर्योकस्थीत संयुक्त राष्ट्रसंघको मुख्यालयमा समेत विमोचन गरिएको थियो ।

आफु पनि दृष्टविहिन भएकै कारण लामो समय सम्म शिक्षाबाट बन्चित हुनु परेको बताउदै उनले अपांगता भएका व्यक्तिहरुको शिक्षामा लगानी गरेमा अपांग व्यक्ति तथा उनका सम्पुर्ण परिवारलाई दिर्घकालिन फाइदा पुग्ने उनले बताए ।

उक्त पुस्तकमाथि टिप्पणी गर्दै एशियाली विकास बैंकको प्रमुख अर्थशास्त्री तथा टोकियो विश्वविद्यालयका बिकास अर्थशास्त्रका प्राध्यापक डा. यासुयुकी सावदाले सो पुस्तक अपाङ्गताका क्षेत्रमा मात्र नभई समग्र बिकास अर्थशास्त्रका लागि पनि उल्लेखनिय उपलब्धि भएको बताएका छन।

साथै उनले अन्य मुलुकमा पनि यस्ता अनुसन्धात्मक प्रक्रियालाई जोड दिनु र्पने बताएका छन ।

उनले विश्वविद्यालयका विद्यार्थीहरुका लागि लामिछानेकाे पुस्तक अध्ययन योग्य  साामग्री भएको बताउदै अर्थशास्त्रीहरुलाई पनि अपाङ्गताका क्षेत्रमा अनुसन्धानका लागि सो पुस्तकले सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?