अष्ट्रेलियाको सरकारी बिद्यालयमा जापानी संस्कृति र भाषा बढ्नेको आकर्षण

जापान । पुर्वी अष्ट्रेलियाको एक सरकारी विद्यालयमा पछिल्लो समय सबैको ध्यानाकर्षण भएको छ । यसो हुनुको कारण हो, त्यो बिद्यालयमा जापानी भाषाको पढाई हुनु ।

यो विद्यालयको पाठ्यक्रममा जापानी र अंग्रेजी भाषालाई समावेश गरिएसँगै उक्त विद्यालय आकर्षणको केन्द्र बनेको हो ।

क्वीन्सलैण्डस्थित वेलर्स हिल स्टेट बिद्यालयमा बिगत तीन बर्ष देखि जापानी भाषा पढाई भैरहेको छ । यो विद्यालयमा करिब ३० प्रतिशत विद्यार्थी अर्थात् २६१ जनाले जापानी भाषामा पढीरहेका छन् ।

बिद्यार्थीको आकर्षण कायम राख्नका लागि विद्यालयले जापानी भाषाको शिकाई तरिका नै परिवर्तन गरेका छन् ।

८ घण्टाको अवधिमा विभिन्न तरिकाबाट पढाइने भएकाले विद्यार्थीहरु पनि खुसी देखिएका छन् । पाठ्यपुस्तकका जापानी कला, संस्कृतिका बारेमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?