गल्कोट समाज द्वारा जापानमा विशेष सांगीतिक कार्यक्रमको आयोजना   

 

जापान । गल्कोट समाज जापानले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि अंग्रेजी नयाँ बर्ष २०१७ को उपलक्ष्यमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

समाजले आयोजना गरेको सांगीतिक कार्यक्रममा नेपाली प्रख्यात कलाकारहरु  शिव परियार, देवी घर्ति,  लोकप्रिय गायक तथा सर्जक बसन्त थापा, हाँस्यकलाकार कमल गाउँले लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ  । श्रंखलाबद्द रुपमा आयोजना गरिएको सो कार्यक्रम डिसेम्बर ३१ नागोया, जनवरी १ ओसाका, जनवरी २ टोकियोमा आयोजना हुने समाजले जानकारी दिएको छ ।

विगत २०१३ देखि निरन्तर रुपमा समाजले अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा जापानका प्रमुख शहरमा सांगीतिक कार्यक्रम गर्दै नेपालका विभिन्न क्षेत्रमा सुधार तथा सहयोग गर्दै आईरहेको छ ।

यस वर्ष पनि समाजले आयोजना गरेको सांगीतिक कार्यक्रमबाट उठेको रकम  गल्कोट क्षेत्रमा रहेका ग्रामिण विद्यालयलाई सहयोग, एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ क्षेत्रका उपकरण तथा सामाग्री हस्तान्तरण लगातय लाखौको लगानीमा निशुल्क स्वास्थ शिबिर सचालन गरेको थियो।

 जनताको सेवामा प्रतिबद्द  गल्कोट समाज जापानले यस वर्ष पनि विकट तथा भूकम्प प्रभावित क्षेत्रमा विद्यालय निर्माण गर्ने योजना प्रस्तुत गरेको छ ।

साथै समाजले गल्कोट क्षेत्रलाई विकास गरि पर्यटकिय स्थलको रुपमा अघि बढाउने योजना समेत अघि सारेको छ । सांगीतिक कार्यक्रममा सहभागी जनाउनको लागि आयोजकले ३००० येन प्रवेश शुल्क तोकेको छ भने अग्रिम बुक गर्नेहरुको लागि २५०० येन प्रवेश शुल्क राखिएको आयोजकले बताएको छ ।

विगतका दिनहरुमा झैँ समाजले आगामी दिनहरुमा पनि स्थानीय ग्रामिण क्षेत्रको विकासको लागि उल्लेखनीय भूमिका खेल्ने समाजका अध्यक्ष नरबहादुर थापाले बताए ।

ग्रामिण क्षेत्रमा उल्लेखनीय काम गर्ने अभिभारा बोकेर आयोजना हुने सांगीतिक कार्यक्रम सफल भए स्थानीय जनताका लागि र राष्ट्रकै लागि पनि उल्लेखनीय योगदान हुने थापाले बताएका छन् ।

सो कार्यक्रमको विशेष उदेश्य भएकाले कार्यक्रममा सहभागी हुन जापानबासि सबैलाई आयोजक समितिले अनुरोध गरेको छ । नेपालमा भूकम्प जाँदा आफ्नो सक्रिय सहभागीता सहित पीडितलाई गल्कोट समाजले उल्लेखनीय योगदान पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?