जापानमा नेता पौडेल र सांसद केसीकाे उपस्थितीमा भेटघाट तथा अन्तर्कृया कार्यक्रम हुने

जापान । नोभेम्बर २७ देखि डिसेम्बर पाँच तारिखसम्म जापानमा आयोजना हुने विशेष कार्यक्रममा सहभागिता जनाउनको लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र   सांसद राजन केसी जापान आउने भएका छन् ।

जापान सरकारको निमन्त्रणामा नेता पौडेलसंगै नेपाली काँग्रेसका काठमाडौं क्षेत्र नं १० का सांसद राजन केसी एवम नेता पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीको समेत सहभागिता रहने कार्यक्रम रहेकाे छ । ।

नेपाली जनसम्पर्क समिती जापानका प्रबक्ता सुरेश गिरीले जापान भ्रमणका क्रममा नेता पौडेलले जापानको परराष्ट्र मन्त्रालयको विशेष भेटघाट कार्यक्रममा सहभागीता जनाउने तथा जापानको विकास निमार्णका योजनाहरुको अवलोकन गर्ने बताएका छन् ।

प्रबक्ता गिरीका अनुसार नेपाली जनसम्पर्क समितीको आयोजनामा भ्रमणका क्रममा रहेका नेता पौडेल र नेता केसी संग डिसेम्बर १ का दिन जापानवासी नेपाली सहित पार्टी सम्बद्ध कार्यकर्ताहरुसंग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

आयोजकका अनुसार कार्यक्रममा नेपाली जनसम्पर्क समिती जापानका विवादित पक्षलाइ समेत समेटेर संयुक्त गर्ने पहल भइरहेको जानकारीमा अाएकाे छ ।

साथै नेपाली काँग्रेस अाबद्द संम्पुर्ण जापानबासी नेपालीहरूलार्इ कार्यक्रमा उपस्थित हुन अनुरोध गरिएको छ ।

कार्यक्रमको  बारेमा थप जानकारी

मिती : २०१६ -१२-०१ बिहिबार
समयस : ३:००
स्थान : नेपाली मुरा हल सोलमारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?