टीपीपी को भविष्य अनिश्चित

जापान । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेकै दिन अमेरिका  टीपीपी सम्झौताबाट पछि हट्ने घोषणा गरेका थिए ।

मुक्त व्यापार सम्झौताको साे क्षेत्रिय सन्धिमा  जापान तथा अमेरिका जस्ता १२ प्रभावशाली देशहरु सहभागी रहेका छन ।

कूल ग्राहास्थ उत्पादनको ६० प्रतिशत भाग ओगटेको अमेरिका सो सम्झौताबाट पछाडी हट्न चाहान्छ । सो सम्झौतालाई कार्यन्वयनमा ल्याउनको लागि अमेरिकाको सहभागिता अनिवार्य रहन्छ ।

यसै क्रममा मिज़ुहो अनुसन्धान संस्थान का वरिष्ठ अनुसन्धान अधिकारी जुनइचि सुगावारा ट्रम्पको सो अभिव्यक्ति टीपीपी सम्झौता लागुहुन नदिने कडा चुनौती भएको बताएका छन ।

तर ट्रम्पले उत्तर अमेरिका मुम्त व्यापार सम्झौता र नाफ्टामा पुन छलफल नगर्ने निर्वाचन प्रतिज्ञा सहित कडा संरक्षणबादी नितीको व्याख्या गरेका छैनन् ।

साथै उनले चीनी आयातमा ४५ प्रतिशत शुल्क लगाउने विषयमा पनि कुनै टिप्पणी गरेनन् । ट्रम्प आफ्नो चुनावी प्रस्तावका अनुरुप अगाडी बढेमा अमेरिकी अर्थव्यवस्थामा निकै घात पुग्ने सुगावाराले बताएका छन ।

प्रशान्त पार साझेदारी सम्झौता अहिले सम्म कार्यान्वयनमा आएको छैन । यदि अमेरिका टीपीपी सम्झौताबाट हटेमा सो सम्झौताबाट अपेक्षा गरिएको लाभ पाउने लक्ष्य समाप्त हुने उनले बताए ।

टीपीपी सम्झौता ट्रम्पको चुनावी नारालाई पुरा गर्ने सरल उपायको रुपमा रहेकाले यसबाट अमेरिकालाई पछाडी हटाउन उनले यस्तो टीप्पणी गरेको सुगावाराले बताए ।

जापानका केहि मानिसहरुले ट्रम्पको सो अभिव्यक्तीले प्रशान्तपार साझेदारी सम्झौता मृत बनिसकेको बताएका थिए ।

जापानले टीपीपी सम्झौताको अनुमोदनको लागि गरिरहेको कसरत यदि अमेरिका सो सम्झौताबाट पछि हटेमा टीपीपी कार्यन्वयनमा आउने सम्भावना समाप्त हुने उनले बताए ।

 तर अमेरिका कुनै पनि वृहद सम्झौतामा सामेल छैन । यदि जापान, एशियाली देश तथा युरोपेली संघ सकारात्मक मनोवृत्तिका साथ काम गरेमा तथा अमेरिकालार्इ जापान वा अन्य एशियाली बजारमा व्यापारका लागि प्रतिकुल वातावरण बन्न सक्ने सम्झाैता गरेमा  ट्रम्प प्रशासन  प्रतिकुलता हटाउनको लागि टीपीपी सम्झौताको अपरिहार्यताबारे स्पष्ट बन्ने  उनले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?