जापानमा आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ

टोकियो । जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्री तल झरेको जनाइएको छ ।

जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो ।

टोकियोको आवास क्षेत्रमा झण्डै दुई इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ ।

स्थानीय टेलिभिजनले हाचिओजीको आवास क्षेत्रमा बाक्लो हिँउ जमेको, रुख र पार्कहरु सेतो पाउडरले छोपिएजस्तो देखिएका दृश्य प्रसारण गरेका छन् ।

रेललगायतका यातायात सेवाहरु अस्थायीरुपमा प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?