पुटिनको जापान भ्रमणको अन्तिम तयारी, दुई देशकै विदेशमन्त्रीहरु बिच भेटवार्ता हुँदै

जापान । जापानी विदेशमन्त्री फुमियो किशिदा र रसियाका विदेशमन्त्री सर्जे लाभरोभ विच डिसेम्बर ३ मा मस्कोमा भेटवार्ता हुने भएको छ ।रसियाका राष्ट्रपति भल्दामिर पुटिन डिसेम्बर १५ मा आउनु अघि दुई देशका मन्त्रीहरुविच भ्रमणको विषयमा भेटवार्ता हुने भएको हो ।

Russia’s Foreign Minister Sergei Lavrov (L) shakes hands with his Japanese counterpart Fumio Kishida before their meeting at the foreign ministry’s Iikura guest house in Tokyo on April 15, 2016. / AFP PHOTO / POOL / TORU HANAI

पुटिनको जापान भ्रमणको विषयमा मन्त्रीहरु विच अन्तिम तयारि बैठक हुने भएको हो । साथै बैठकमा द्विपक्षीय र अन्तराष्ट्रिय विषयमा मन्त्रीहरु विच छलफल हुने जनाईएको छ । पछिल्लो हप्ता किशिदाको पेरु भ्रमणको विषयमा पनि जापानी प्रधानमन्त्री आवे र रसियन राष्ट्रपति पुटिन जानकार थिए ।

आवे र पुटिन विच डिसेम्बर १५ देखि पश्चिमी जापानको यामागुची क्षेत्रमा रहेको आवेको गृहनगरमा भेटवार्ता हुने जनाईएको छ । भेटमा  किशिदा र लाभरोभ विच दुई देश विचको शान्ति सन्धि लगायतका संवेदनशील विषयमा छलफल हुने जनाईएको छ ।

जापान र रसिया विच दोस्रो विश्वयुद्द देखि अहिलेसम्म शान्ति सन्धिमा हस्ताक्षर हुन सकेको छैन ।जापानले आफ्नो ४ वटा समुन्द्री टापुहरु रसियाले कब्जा गरेको आरोप अन्तराष्ट्रिय स्तरबाट लगाएपछि रसिया र जापान विच त्यो विषयमा समझदारी बनिसकेको छैन । जापान सरकारले ४ टापुहरु रसियाले गैरकानुनि तरिकाले कब्जा गरेको आरोप लगाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?