जापानी द्धिपमा रुसले राख्यो अत्याधुनिक मिशाइल, पुटीनको भ्रमण अघि तनावको संकेत

जापान । जापानले आफ्नो दाबी गर्दै आएको चार मध्ये दुई महासागरिय द्धिपमा रुसले अत्याधुनिक जलयान भेदी मिशाइल तैनाथ गरेको छ । रुसी सञ्चार माध्यमहरका अनुसार रुसी रक्षा मन्त्रालयको निर्देशनमा अत्याधुनिक मिशाइल प्रणाली जडान गरिएको हो ।

रुसले एतोरोफु र कुनाशिरी पद्धपमा मिशाइल जडान गरेको हो, जहाँ रुसी सेनाको उपस्थिति समेत बढाइएको छ । एतोरोफुमा तैनाथ गरिएको मिशाइल प्रणालकिो मार क्षमता ५ सय किलोमिटर रहेको छ भने कुनाशिरीमा तैनाथ मिशाइलले ३ सय किलोमिटर मार हान्न सक्छ ।

आगामि महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटीनको जापान भ्रमण तय भैसकेको छ । भ्रमणको पुर्वसन्ध्यामा रुसले दुई द्धिपमा मिशाइल तैनाथ गरेर ती द्धिप आफ्नो भएको देखाउन खोजेको विश्लेषण गरिएको छ ।

जापान सरकाले भने यी द्धिपहरु आफ्नो महत्वपुर्ण हिस्सा भएको बताउँदै आएको छ । जापानले दोस्रो विश्वयुद्धका क्रममा आफ्ना द्धिपहरु कब्जा गरिएको आरोप लगाउँदै आएको छ ।

यही विषयमा दुई देशबीच नयाँ तनाव आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?