जापानमा फेरि अर्को शक्तिशाली भूकम्प, मौसमविद्को भविष्यवाणी मिल्यो

जापान । जापानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज विहान ६:३० मा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । मौसम विज्ञान विभागले अर्को भूकम्प जानसक्ने चेतावनी दिएको १६ घण्टापछि भूकम्प गएको हो ।

नामीबाट ३७ किलोमिटर पश्चिमा भूकम्पको केन्द्रविन्दु रहेको मौसम विज्ञान विभागले जनाएको छ । त्यहाँ मंगलबार मात्र ७.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

आजको भूकम्प पश्चात् तीनवटा पराकम्पन समेत भएकोविभागले जनाएको छ । ४.८, ४.६ र ३.८ रेक्टर स्केलको तीन वटा पराकम्प गएको डेलिमेलले जनाएको छ ।

आजको भूकम्पमा कुनै मानविय क्षेती भने नभएको समाचारमा जनाइएको छ ।

यद्यपि कुनै मानवीय र भौतिक क्षतिको कुनै खबर छैन । मौसमविद्हरुले आजको भूकम्प पछि सुनामीको संकेत भने देखा नपरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?