क्यान्सर पीडित पराजुलीको उपचारका लागि पर्वत समाज जापानको सहयोग

टोकियो । क्यान्सर रोगबाट ग्रसित पर्वत बराचौर गाविस निवासी भवानीप्रसाद पराजुलीको उपचारका लागि पर्वत समाज जापानले एक लाख सहयोग संगलन गरि पठाएको छ ।

पर्वत समाज जापानको सक्रियतामा विभिन्न व्यक्तिहरुद्वारा सहयोगस्वरुप प्राप्त रकम एक लाख जापानी येन बुधबार पठाइएको पर्बत समाज जापानका महासचिव जनक सुबेदीले जानकारी दिए । समाजले संकलन गरेको ९० हजार जापानी येनमा जापान मनी एक्सप्रेसले थप दश हजार राखि एक लाख येन पठाइएको सुवेदीले बताए ।

भारतको राजीव गान्धी मेमोरियल अस्पतालमा उपचारत पराजुलीले उपचारका लागि आर्थीक अभाव भएपछि सहयोगका लागि अपिल गरेका थिए ।

२०६६ सालमा मुखमा गिँजाबाट सामान्य रगत आएपछि चिकित्सकलाई देखाउँदा क्यान्सर देखिएको र सो समयमा चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएका पराजुलीको ६ बर्षपछि २०७२ सालमा पुनः गिजामा क्यान्सर देखिएपछि अप्रेसन गरिएको थियो ।

२०७३ सालमा खाना नालीमा प्वाल देखिएपछि भारतको नयादिल्ली स्थित राजीव गान्धी मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएका पराजुलीको हड्डीमा समेत क्यान्सर देखिएपछि हाल अप्रेसन पश्चात् केमो थेरापी चलिरहेको छ ।

उनको यहि २६ तारिक घाँटिको लिकेज क्लोजको अप्रेसन समेत हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?