अावेद्वारा टीपीपी सम्झौता तथा रुससंगको शान्ति सन्धिमाथि छलफल

जापान । जापानका प्रधानमन्त्री शिंजो आवेले अमेरिकाको सहभागिता विना मुक्त व्यापारसंग सम्बन्धित एशिया प्रशान्त आर्थिक सहयोग सम्झौता अर्थहिन हुने बताएका छन् ।

साथै उनले अमेरिका सहित सबै सदस्य देशसंग सो सम्झौतालाई यथासक्य चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया पुरा गर्नको लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्री आवेले आफ्नो सात दिवसीय यात्राका क्रममा अर्जेन्टिनामा आयोजित एक पत्रकार सम्मेलनको क्रममा यस्तो बताएका हुन ।
आबे सात दिवसीय भ्रमणका क्रममा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेटवार्ता गरेका थिए ।

साथै उनि पेरुको राजधानी लिमामा आयोजित एशिया प्रशान्त आर्थिक सहयोग मञ्चको शिखर सम्मेलनमा पनि सहभागी भएका थिए ।
उनले मुक्त व्यापार तथा खुला अर्थव्यवस्था  शान्ति तथा सवृद्धिको आधार भएको बताएका छन ।

पेरुको राजधानी लिमामा आयोजित एशिया प्रशान्त आर्थिक सहयोग मञ्चको शिखर सम्मेलन क्रममा उनले सो सम्झौताका सदस्य देश लाई मुक्त व्यापारका सम्झाैता प्रति प्रोत्साहान दिने आफ्नो बलियो धारणा प्रस्तुत गरेको बताएका छन् ।

संवाददातासंगको कुराकानीमा उनले रुसको साथमा शान्ति सन्धिमाथि भैरहेको छलफलका बारेमा पनि बताएका थिए ।

जापान र रुसविच उत्तरी क्षेत्र नामक ४ द्धिपको विषयलाई लिएर विवाद कायमै रहेको छ । ति द्धिप रुसको नियन्त्रणमा रहेपनि जापानले अाफ्नो दावा गर्दै आएको छ ।

उनले सो द्धिप जापानको अभिन्न हिस्सा भएको बताएका छन् । जसलाई रुसले दोस्रो विश्व युद्ध पश्चात गैरकानुनी रुपमा कव्जा गरि राखेको उनको भनाई छ ।

साथै आवेले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसंग विश्वसनीय सम्बन्धको आधारमा सो मुद्धामाथि पुन कदम बढाउन चाहेको बताएका छन् ।

उनले रुस संगको शान्ति सन्धि माथिको वार्तामा दुवै देशलाई आर्थिक तथा अन्य फाईदा हुने गरि छलफल अघि बढ्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?