जापानमा आएको शक्तिशाली भुकम्पमा परि १५ मानिस घाइते

जापान । मंगलबार जापानमा आएको ७.४ रेक्टर स्केलको शक्तिशाली  भुकम्पमा परि १५ जना मानिस घाइते भएका छन् ।

मंगलबार जापानको टोकियो नजिक रहेको फुकुशिमा क्षेत्रमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

जापानको चिवा प्रान्त स्थित कोशिवा शहरकी ८२ वर्षीय एक वृद्धा घरको सिढीबाट झर्ने क्रममा लडेर घार्इते भएकि छिन । सिढीबाट लडेकी उनकाे दुवै  खुट्टा भाँचिएकाे छ ।

त्यस्तै जापनकाे फ़ुकुशिमा प्रान्तमा पर्ने सोमा शहरका एक ६३  वर्षीय वृद्धा घरमै लडेर घाइते भएकी छिन ।

जापानमा मंगलबार अाएकाे शक्तिशाली भुकम्पमा परि टाेकियाे, फ़ुकुशिमा, मियागि तथा चिबा प्रान्तमा पनि १३ मानिस घाईते भएको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?