कोलम्बियामा जापानी युवकको गोली हानी हत्या

जापान । कोलम्बियाको एक सहरमा २० वर्षीय जापानी नागरिकको गोली हानि हत्या गरिएको छ । रोयो इसाकी नामका ति युवकलाई लुटेराहरुको समुहले मोबाईल फोन तथा कम्प्युटर लुट्ने क्रममा गोली हानि हत्या गरेको स्थानीय पत्रकारहरुले बताएका छन् ।

कोलम्बियामा रहेको जापानी राजदूतावासलाई त्यस हत्याको बारेमा पूर्ण विवरण नदिईएको जनाईएको छ । घटनाको दोषीको खोजविन जारि भएको हुँदा हत्याका अभियुक्त स्वदेशी वा विदेशी भएको कुरा अझै नखुलेको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?