अार्इतबार गरियाे स्वर्गीय शिवराज राेकामगरकाे अन्त्यष्टि

जापान । विद्यार्थी भिषामा रोल्पाबाट जापान आई अध्ययन गर्दै गरेका शिवराज रोकामगरको असामयिक निधन भएको झण्डै दुर्इ महिना पश्चात आईतबार अन्त्यष्टि गरिएको छ ।  रोकामगरको निधन गत सेप्टेम्बर १८ मा भएको थियो ।

असमायिक निधन भएका रोकामगरको दाहासंस्कारमा नेपाली राजदुतावास टोकियोका कार्यवाहक राजदुत कुष्ण चन्द्र अर्याल, एन आर एन जापान लगायत विभिन्न संघसंस्थाका सदस्य सहित जापानवासी नेपालीको उपस्थिती रहेको थियो ।

उनको दाहासंस्कार आईतबार टोकियोमा गरिएको थियो । सोही स्थानमा १ मिनेट मौनधारण गरि शिवराजको पार्थिक शरिरलाई अन्तिम श्रद्धान्जली दिइएको थियो ।

शिवराज रोकामगरको निधन भए पश्चात नेपाली राजदुतावास टोकियो र एन आरएन जापानको सहकार्यमा मगर संघ जापान, नेपाली विद्यार्थी समाज तथा राप्ती समाज जापानको सहकार्यमा संयुक्त आर्थिक सहयोग संकलन समिती गठन भएको थियो ।

आर्थिक सहयोग संकलन समितीले अभियानलाई साथ दिदै जापानवासी नेपाली समुदाय , विभिन्न संघसंस्था तथा विद्यार्थीहरुबाट २ सय ३५ मान २ हजार सात सय २४ यान संकलन गरेको थियो । संकलित रकमबाट दाहासंस्कार सम्ममा ७० मान ८ हजार १ सय १० यान खर्च भैसकेको थियो।

संकलित रकमबाट सम्पुर्ण खर्च कटाएर बाँकी रहेको १ सय ६४ मान ४ हजार ५ सय ४४ यान भने मृतक शिवराज रोकामगरको २० महिने छोरीको पढाई खर्च स्वरुप फिक्स कोषमा जम्मा गरिदिने प्रस्ताव भएको सो समितीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?