गोरखा समाज जापानको तोचिगी क्षेत्रीय समिति विस्तार, अध्यक्षमा मगर

तोचिगी । गोरखा समाज जापानले क्षेत्रीय समिति विस्तार गरेको छ । समाजको केन्द्रिय कार्यलय टिमका संयोजक चुडामणि भट्टराईको नेतृत्वमा पुगेको सो टोलीले तोचिगी क्षेत्रीय समिति गठन गरेको हो ।

टोकियोबाट तोचिगी पुगेका समाजका संयोजक भट्टराई, प्रवक्ता कमला काप्री, कार्यलय सदस्य विष्णु तिवारी, विधान समिति संयोजक रविन्द्र गोर्खाली, सदस्यहरु लक्ष्मण थापा र अर्जुन ढकालको उपस्थितिमा भेलाले ९ सदस्यीय समिति बनाएको छ ।

समाजको क्षेत्रीय समिति अध्यक्षमा प्रशान्त मगर, उपाध्यक्षमा विकास थापा, सचिवमा मिलन श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण अधिकारी सदस्यहरूमा कुमार पनेरू, सुन्दर बानियाँ, बद्री न्यौपाने, सागर देवकोटा र कविता भट्ट रहेका छन्।

क्षेत्रीय समितिको सल्लाहकारमा मगर संघ जापानका पूर्व अध्यक्ष सैलेन्द्र बिक्रम थापालाई चयन गरेको छ । तोचिगी स्थित CLUB BASSH को हलमा भएको भेलाको संचालन अध्यक्ष मगरले गरेका थिए भने कार्यक्रमको संयोजन केन्द्रिय कार्यलय टिमका सदस्य राजु पनेरूले गरेका थिए ।

समाजको केन्द्रिय अधिवेशन नोभेम्वर २७ आईतवार शिन ओकुबो स्थित बाराकाँडे रेष्टुरेन्टमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?